एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ ।
कोलकत्तास्थित इडेन गार्डेन्समा शुक्रबार कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ । र, दुवै टोली जित निकाल्ने योजनासहित मैदान उत्रनेछ ।
घरेलु मैदानमा कोलकत्ता सहज जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । कोलकत्ता ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । कोलकत्ता बैंगलोरलाई हराएर तेस्रो स्थानको क्लबविरुद्ध अंक बराबरी गर्न चाहन्छ ।
यसै सिजनको पहिलो भेटको जितले पनि कोलकत्ता आत्मविश्वासी रहने छ । बैंगलोरको मैदानमा भएको खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको थियो । कोलकत्ता उक्त जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।
यता बैंगलोर पहिलो भेटको हारको बदला लिने योजनासहित मैदान उत्रने छ । यस सिजन खराब लयबाट गुज्रिरहेको बैंगलोरलाई घरेलु टोलीविरुद्ध जित निकाल्न भने निकै कठिन हुनेछ ।
बैंगलोरले यस सिजन मात्र १ जित हात पारेको छ । लिगको पुछारमा रहेको बैंगलोरले ८ खेलबाट २ अंक जोडेको छ ।
दुईबीचको पछिल्लो पाँच खेलमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा कोलकत्ताले ५ खेलमा जित निकालेको छ ।