मोरङ । सेभेन स्टार फुटबल क्लब पथरी शनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुनाखरी खेल मैदान बिहिबार भएको खेलमा बुद्ध युथ क्लबलाई ६-३ गोल अन्तरले पराजित गर्दै सेभेन स्टारले अन्तिम चारको यात्रा तय गरेको हो ।
सेभेन स्टारको जितमा सनम धिमालले ह्याट्रिकसहित ५ गोल गरे । यस्तै सुरेश राईले एक गोल गरे ।
बुद्धका लागि सिजन तामाङ,सुरेश गुरुङ र देबराज गुरुङले एक एक गोल गरे ।
खेलमा सेभेन स्टारका सनम म्यान अफ दि म्याच चुनिए ।
अब सेभेन स्टारले फाइनल प्रवेशका लागि नव प्रतिभासंग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार आयोजक यलम्बर फुटबल क्लब र त्रिवेणी क्लबबीच खेल हुनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका सचिव आशिष राईले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २० हजार १११ सय नगद प्राप्त गर्दा दोस्रोले १० हजार १११ रुपैया पाउने छन् ।