एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनल खेलको ड्र सार्वजनिक भएको छ ।
युरोपियन फुटबल एसोसियसन (युईएफए) ले बिहिबार सेमिफाइनलको ड्र सार्वजनिक गरेको हो । युईएफएले लिगको सेमिफाइनल समीकरण पुरा भएसंगै ड्र निकालेको हो ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई इन्ग्लिश क्लब लिभरपुल र टोटेनहमसंगै स्पेनिस क्लब बार्सिलोना र डच क्लब आयाक्सले प्रतिस्पर्धा गर्ने छन् ।
यस सिजन फाइनल प्रवेशका लागि लिभरपुलले बार्सिलोना र टोटेनहमले आयाक्ससंग खेल्नेछ ।
सार्वजनिक ड्र अनुसार सेमिफाइनलको पहिलो लेग अप्रिल ३० र मे १ मा हुनेछ । यस्तै दोस्रो लेग मे ७ र ८ मा हुनेछ ।
सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले घरेलु मैदानमा लिभरपुलसंग मे १ मा खेल्नेछ । यस्तै मे ७ मा हुने दोस्रो लेगमा बार्सिलोनाले लिभरपुलसंग उसैको मैदानमा खेल्नेछ ।
टोटेनहमले आयाक्ससंग घरेलु मैदानमा अप्रिल ३० मा पहिलो लेग खेल्नेछ । मे ८ मा हुने दोस्रो लेगमा टोटेनहम आयाक्सको घरेलु मैदानमा जानेछ ।