काठमाडौं । नेपाल आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ ।
मलेसियामा जारी एसिया छनोट अन्तर्गत युएईले ओमानलाई पराजित गरेसंगै आठौं पटक यू-१९ विश्वकप खेल्ने नेपालको सपनामा पूर्णविराम लागेको हो ।
बिहिबार भएको खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्यो । यो जितसंगै युएईले विश्वकपमा स्थान पक्का गरेको छ ।
अब नेपालले कुवेतलाई पराजित गरेपनि नेपाल विश्वकपमा पुग्ने छैनन् । किनकि नेपाल छनोटको दोस्रो स्थानमा रहनेछ । विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्ध जित र युएईको हार आवश्यकता रहेको थियो । तर, युएईको जितसंगै नेपालको विश्वकप सपना सकिएको हो ।
सिंगल राउण्ड रोबिनका आधारमा जारी छनोटको शीर्ष एक टोलीले मात्र विश्वकपमा स्थान बनाउने प्रावधान रहेको छ । अब युएईले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकप खेल्नेछ ।
नेपाल किन असफल ?
रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपालको विश्वकप यात्रा सकिनुमा युएईविरुद्धको हार प्रमुख बन्यो । नेपाललाई उक्त खेलमा मौषमले समेत साथ दिएन् ।
छनोटको दोस्रो खेल अन्तर्गत युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । उक्त हार नै नेपालका लागि घातक बनेको थियो ।
सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको थियो । नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिदा खेलको निर्णय डिएलबाट गरिएको थियो ।
डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको थियो । वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो ।
युएई विश्वकपमा छनोट भएसंगै सात पटक विश्वकप खेलिसकेको नेपाल भने चौथो पटक विश्वकपमा पुग्न असफल भएको छ ।
यस अघि नेपालले छनोट चरण पार गर्न नसक्दा सन् २०१८, २०१४ र २०१० मा विश्वकप खेल्ने अवसर गुमाको थियो ।
युएईले भने दोस्रो पटक विश्वकपको ढोका खोलेको हो ।
नेपालको छनोट चरणको खेलहरुको नतिजा
सिंगापुरविरुद्ध : २१७ रनले विजयी
युएईविरुद्ध : १ रनले पराजित (डीएल मेथड)
मलेसियाविरुद्ध : ८ विकेटले बिजयी
ओमनविरुद्ध : १५० रनले बिजयी
कुवेतविरुद्ध : खेल जारि
यस्तो छ यू-१९ विश्वकपमा नेपालको ईतिहास !