एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । बुधबार राति भएको खेलमा पीएसजी नान्टेससंग ३-२ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा नान्टेसलाई जित दिलाउन डिएगो कार्लोस र माजिद वारिसले एक एक गोल गरे । नान्टेसले एक गोल आत्मघाती उपहार पाएको थियो । पीएसजीका ड्यानी अल्भेसले आत्मघाती गोल गरेका थिए ।
यस्तै पीएसजीका लागि ड्यानी अल्भेस र मेटेहान गुल्कुले एक एक गोल फर्काएका थिए ।
नान्टेससंगको हारसंगै पीएसजीलाई उपाधि चुम्न अझै एक खेल पर्खनु पर्ने भएको छ । पीएसजीलाई उपाधि जित्न अब एक खेल जितको आवश्यकता रहेको छ ।
शीर्ष स्थानको पीएसजीको ८१ अंक रहेको छ । दोस्रो स्थानको लिलीको ६४ अंक छ ।