काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको दोस्रो खेलमा अहिले भारतीय क्लब चेन्नईयिनसंग प्रतिस्पर्धा गरिरहेको छ ।
भारतको अहमदाबादस्थित एरेना रंगशालामा जारी खेलमा मनाङ चेन्नईयिनविरुद्ध २-० ले पछि परेको छ । खेलको ५१ औं मिनेटमा क्रिष्टोफर हार्डले गोल गर्दै चेन्नईयिनलाई अग्रता दिलाए । लगत्तै ५३ औं मिनेटमा मेलसनले गोल गर्दै चेन्नईयिनको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा चेन्नईयिनसंग गोलरहित बराबरी खेलेको मनाङले हाफमा लगातार गोल खाएको हो ।
पहिलो खेलमा पराजित मनाङ घरेलु टोलीविरुद्ध पहिलो अंक जोड्ने योजनासहित मैदान उत्रिएको छ । एएफसी कपको समूह चरण पार गर्ने लक्ष्य बनाएको मनाङलाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।
पहिलो खेलमा बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १-० गोल अन्तरले पराजित मनाङलाई दोस्रो चरणको आशा जीवित बनाउन चेन्नईयिनविरुद्ध अंक जोड्दै पर्ने आवश्यकता रहेको छ ।
चेन्नईयिनले पहिलो खेलमा भारतीकै आई लिग विजेता मिर्नेभा पंञ्जाबसँग गोलरहित बराबरी खेलेको थियो ।