एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज (बुधबार) राति दुई इन्ग्लिश क्लब म्यानचेस्टर सिटी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।
सिटीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । र, दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
इतिहाद स्टेडियममा घरेलु टोली सिटी पुनरागमन गर्दै सेमिफाइनलमा पुग्न चाहन्छ । प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको सिटीलाई पहिलो लेगमा टोटेनहमले १-० ले हराएको थियो ।
पहिलो लेगमा १-० ले हार व्यहोरेको सिटीलाई दोस्रो लेगमा निकै दबाब हुनेछ । सिटी पाहुना टोलीविरुद्ध २ भन्दा बढी गोल गरेर अर्को चरणमा पुग्न चाहन्छ । सिटीलाई घरेलु मैदान र घरेलु समर्थकको साथ समेत रहने छ ।
यता, टोटेनहमलाई भने केहि सहज हुनेछ । पहिलो लेगको जितले टोटेनहमलाई बराबरीको नतिजाले अघिल्लो चरणमा लैजाने छ । तर, पाहुना टोली टोटेनहम स्पष्ट जित अथवा बलियो टोलीलाई बराबरीमा रोक्ने योजनासहित मैदान उत्रनेछ ।
सिटीविरुद्ध टोटेनहमको प्रदर्शन भने सम्झन लायक छैन । पछिल्लो आठ भेटमा टोटेनहमले एक जित र एक बराबरी खेल्दा ६ खेल गुमाएको छ ।