काठमाडौं । रुस्लान थ्री स्टार क्लब सर्लाहिमा जारी तेस्रो राजर्षि कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सर्लाहिको बागमती युवा क्लबको मैदानमा मंगलबार एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो ।
थ्री स्टारको जितमा डिफेन्डर दिनेश राजवंशी र शुशिल राईले गोल गरे ।
खेलको म्यान अफ दि म्याच थ्री स्टारका दिनेश राजवंशी भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले १० लाख पाउनेछ । यस्तै उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले एक थान मोटरबाइक पाउने आयोजकले जनाएको छ ।