मोरङ । त्रिवेणी फुटबल क्लब पथरी शनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुनाखरी खेल मैदान मंगलबार भएको खेलमा सुनाखरी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै त्रिवेणीले अन्तिम चारको यात्रा तय गरेको हो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा त्रिवेणीका सानु लिम्बु,बिबेक लिम्बु, कौशल तामाङ र आसिस राईले गोल गरे । सुनाखरीका क्षितिज राई,अविशेख लिम्बु र उज्वल लिम्बुले गोल गरे ।
पेनाल्टी अघि त्रिवेणीका बिबेक लिम्बुले गोल गरेका थिए । सुनाखरीका जोन सुब्बाले गोल गरेका थिए ।
अब त्रिवेणीले सेमिफाइनलमा यलम्बर युवा क्लबसंग खेल्नेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका सचिव आशिष राईले जानकारी दिए । प्रतियोगिताको विजेताले २० हजार १११ सय नगद प्राप्त गर्दा दोस्रोले १० हजार १११ रुपैया पाउने छन् ।