एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।
चण्डीगढमा हुने खेलमा घरेलु टोली किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच खेल हुनेछ । पन्जाब र राजस्थानबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
आईएस वृन्दा क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीको लक्ष्य जित निकाल्दै अंक तालिका सुधार गर्नु हुनेछ ।
घरेलु टोली पन्जाब राजस्थानलाई हराएर लिगमा पाँचौ जित निकाल्ने योजनामा हुनेछ । पन्जाब ७ खेलबाट ८ अंक जोडेर लिगको पाँचौ स्थानमा छ ।
यता, राजस्थान घरेलु टोलीसंग बदला लिने योजनामा हुनेछ । जारी सिजनको पहिलो भेटमा पन्जाबले राजस्थानलाई उसैको मैदानमा १४ रनले हराएको थियो ।
राजस्थान उक्त हारको बदला लिंदै लिगमा तेस्रो जित निकाल्ने योजनामा हुनेछ । राजस्थान ७ खेलमा २ जित निकालेर लिगको पुछारबाट दोस्रो स्थानमा छ । तर, राजस्थान आज पन्जाबलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।
पन्जाब र राजस्थानबीचको पछिल्लो पाँच भेटमा दुवै टोलीले २/२ जित निकालेका छन् ।