काठमाडौं । भुटानको पारो फुटबल क्लब सर्लाहिमा जारी तेस्रो राजर्षि फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सर्लाहिको बागमती युवा क्लबको मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित पारोले झापा फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा बाई पाएर सिधै क्वाटरफाइलन खेलेको पारोले कुनै पनि समय झापाली टिमलाई खुलेर खेल्न दिएन।
खेलको म्यान अफ दि म्याच पारो एफसीका निमा छिरिङ भए । उनले नगद १० हजार प्राप्त गरे ।
अव फाइनल प्रवेशकोलागि पारोले आयोजक बागमती युवा क्लब रातोसँग बैशाख ४ गते खेल्नेछ ।
भोलीको पहिलो सेमिफाइलनमा रुस्लान थ्री स्टार क्लब र विभागीय एपीएफ प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले १० लाख पाउनेछ । यस्तै उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले एक थान मोटरबाइक पाउने आयोजकले जनाएको छ ।