एजेन्सी । भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
भारतीय क्रिकेट बोर्डले सोमबार विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो । विश्वकपमा भारतीय टोलीको कप्तानी नियमित कप्तान विराट कोहलीले गर्ने छन् ।
टोलीमा कप्तान कोहलीसंगै महेन्द्र सिंह धोनी,लोकेश राहुल,केदार जादब,कुलदीप यादब,हार्दिक पाण्डय,रोहित शर्मा,विजय शंकर, दिनेश कार्तिक, भुवनेश्वर कुमार र रबिन्द्र जडेजा रहेका छन् ।
यस्तै शिखर धवन,युजभेन्द्र चाहल,जस्प्रित बुम्रा र मोहमद शामी टोलीमा अटाएका छन् ।
इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप आगामी मे ३० बाट सुरु हुनेछ ।