एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (सोमबार) एक खेल हुँदैछ । सोमबार राति हुने खेलमा तेस्रो स्थानको रियल मड्रिड र लेगानेसबीच प्रतिस्पर्धा हुनेछ ।
लेगानेसको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल राति १२:४५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
रियल घरेलु टोलीलाई हराएर शीर्ष दुई क्लबसंगको अंक दुरी घटाउन गर्न चाहन्छ । तेस्रो स्थानको रियलको ३१ खेलबाट ६० अंक रहेको छ ।
लेगानेसलाई हराए रियलले शीर्ष स्थानको बार्सिलोनासंगको अंक दुरी ११ अंकमा झार्ने छन् । यस्तै दोस्रो स्थानको एट्लेटिको मड्रिडविरुद्ध दुरी २ अंकमा झार्ने छ ।
लिगमा उपाधिको मुख्य दाबेदार बार्सिलोनाको ७४ अंक रहदा एट्लेटिकोको ६५ अंक रहेको छ ।
लिगमा ४० अंक जोडेको लेगानेस १३ औं स्थानमा छ । घरेलु मैदानमा रियललाई पराजित गर्दै लेगानेस अंक तालिका सुधार गर्न चाहन्छ ।
मुख्य प्रशिक्षक जिनेदान जिदानले लेगानेसविरुद्ध ग्यारेथ बेल, करिम बेन्जिमा, इस्को, लुका मोड्रिच, मार्सेलो जस्ता पहिलो रोजाईका खेलाडी मैदान उतार्ने छन् ।