एजेन्सी । साविकको विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा फोर्चुना डुसेलड्रोफलाई ४-१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्ष स्थानमा फर्किएको हो ।
वायर्नलाई जित दिलाउन किंग्सले कोम्यानले दुई गोल गरे । यस्तै सेर्गी गेनब्री र लियोन गोर्टेज्काले एक एक गोल गरे ।डुसेलड्रोफका डोडी लुकेबाकियोले एक गोल फर्काए ।
जितसंगै वायर्नले बोरुसिया डर्टमण्डलाई पछि पार्दै शीर्ष स्थान हात पारेको हो । वायर्नले २९ खेलबाट ६७ अंक जोडेको छ ।
वायर्न डर्टमण्डभन्दा १ अंकले पछि छ । डर्टमण्डको ६६ अंक छ । डुसेलड्रोफ ३७ अंक जोडेर १० औं स्थानमा छ ।