एजेन्सी । शीर्ष स्थानको चेन्नई सुपर किङ्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सातौं जित निकालेको छ ।
आइतबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सातौं जित निकालेको हो ।
कोलकत्तास्थित इडेन गार्डेनमा कोलकत्ताले दिएको १६२ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
चेन्नईको जितमा सुरेश रैनाले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले । रविन्द्र जडेजाले अविजित रहदै ३१ रन बनाए ।
यस्तै फाप डु प्लेसिसले २४, केदार जादबले २० तथा कप्तान महेन्द्र सिंह धोनीले १६ रन बनाए । कोलकत्ताका सुनिल नारिने र पियुस चावालाले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर खेल्दै ८ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
कोलकत्ताका लागि क्रिस लिनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । क्रिसले ५१ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।
यस्तै नितिस रानाले २१ रन बनाउदा कप्तान दिनेश कार्तिकले १८ रन बनाए । सुबमन गिल १५ रनमा आउट हुँदा आन्द्रे रसेल पनि १० रनमा आउट भए ।
चेन्नईका इमरान ताहिरले ४ विकेट लिए । सार्दुल ठाकुरले २ तथा मिचेल स्टाननरले १ विकेट लिए ।
जितसंगै चेन्नईले ८ खेलमा १४ अंक जोडेको छ । कोलकत्ता ८ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा छ ।