एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।
कोलकत्तास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर खेल्दै ८ विकेट गुमाएर १६१ रन बनायो ।
कोलकत्ताका लागि क्रिस लिनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । क्रिसले ५१ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।
यस्तै नितिस रानाले २१ रन बनाउदा कप्तान दिनेश कार्तिकले १८ रन बनाए । सुबमन गिल १५ रनमा आउट हुँदा आन्द्रे रसेल पनि १० रनमा आउट भए ।
चेन्नईका इमरान ताहिरले ४ विकेट लिए । सार्दुल ठाकुरले २ तथा मिचेल स्टाननरले १ विकेट लिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
कोलकत्ताको घरेलु मैदानमा चेन्नई शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ । चेन्नईले ७ खेलमा १२ अंक जोडेको छ ।
यता घरेलु मैदानमा कोलकत्ता चेन्नईलाई रोक्दै अंक दुरी कम गर्न चाहन्छ । कोलकत्ता ७ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा छ ।