एजेन्सी । पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीबीच सधै को उत्कृष्ट भन्नेमा विवाद रहदै आएको छ ।
अहिलेको पुस्ताकै सर्वाधिक चर्चित रोनाल्डो र मेस्सीबीच रहदै आएको यस विवाद पुस्तौ लम्बिने अनुमान गरिएको छ । किनकी दुवैले अझै असाधारण खेल प्रदर्शन गरिरहेका छन् ।
इटालियन क्लब युभेन्ट्सका फरवार्ड रोनाल्डो र बार्सिलोनाका मेस्सीबीचको उत्कृष्टबारे इटालियन पुर्व प्रशिक्षक फाबियो कापेलोले पनि मुख खोलेका छन् ।
युरोपियन फुटबलमा निकै अनुभवी प्रशिक्षक कापेलोले भने रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट रहेको बताएका छन् ।
कापेलोले रोनाल्डो असाधारण खेलाडी भएपनि मेस्सी एक प्रतिभावान खेलाडी भएको बताए । कापेलोले मेस्सीलाई पेले र म्यारोडोनासंग समेत तुलना गरे ।
'रोनाल्डो एक असाधारण खेलाडी हुन् । तर, मेस्सी प्रतिभाशाली । फुटबलमा ३ प्रतिभाशाली खेलाडी छन् । पेले, म्यारोडोना र मेस्सी,' प्रशिक्षक कापेलोले भने ।
मेस्सी र रोनाल्डोबारे पहिलो पटक मुख खोलेका प्रशिक्षक कापेलोले दुवै खेलाडी फरक फरक प्रतिभा भएको खेलाडी रहेको समेत बताए । उनले केहि कारणले मात्र रोनाल्डो भन्दा मेस्सी माथि रहेको बताए ।