एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ८ विकेटले हराउँदै बैंगलोरले सात खेलपछि पहिलो जित निकालेको हो ।
चन्द्रीगढस्थित पन्जाब क्रिकेट मैदानमा पन्जाबले दिएको १७४ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
बैंगलोरको जितमा कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ६७ रन जोड्दा डी भिलियर्सले अविजित ५९ रन बनाए ।
यस्तै मार्कुस स्टोईनिसले अविजित २८ रन जोड्दा अक्षर पटेलले १९ रन बनाए । पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै ४ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
पन्जाबका लागि क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै अविजित ९९ रन बनाए । शतक बनाउन एक रनले चुकेका गेलले ६४ बलमा १० चौका र ५ छक्का प्रहार गरे ।
यस्तै लोकेस राहुलले १८ रन जोड्दा मन्दिप सिंह पनि १८ रनमा अविजित रहे । मायांक अग्रवाल र सर्फ्राज खानले १५/१५ रन जोडे । बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
जितसंगै बैंगलोरले ७ खेलमा २ अंक जोडेको छ । बैंगलोर लिगको पुछारमा रहेको छ ।
पन्जाब ८ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।