एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई जितका लागि १७४ रनको लक्ष्य दिएको छ ।
चन्द्रीगढस्थित पन्जाब क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै ४ विकेट गुमाएर १७३ रन बनायो ।
पन्जाबका लागि क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै अविजित ९९ रन बनाए । शतक बनाउन एक रनले चुकेका गेलले ६४ बलमा १० चौका र ५ छक्का प्रहार गरे ।
यस्तै लोकेस राहुलले १८ रन जोड्दा मन्दिप सिंह पनि १८ रनमा अविजित रहे । मायांक अग्रवाल र सर्फ्राज खानले १५/१५ रन जोडे ।
बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आज बैंगलोर पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । बैंगलोर यस सिजन जितविहीन रहेको छ । ६ खेल खेलको बैंगलोर ६ खेलमै पराजित भएको छ।
यता, पन्जाब भने चौंथो जितको खोजीमा रहने छ । ७ खेल खेलको पन्जाब ८ अंक जोडेर पाँचौं स्थानमा छ ।