एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा बार्सिलोना हुएस्कासंग गोलरहित बराबरीमा रोकिएको हो ।
कप्तान लियोनल मेस्सी र लुइस स्वारेजबिना मैदान उत्रिएको बार्सिलोनाले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी खेलेको हो ।
हुएस्काविरुद्ध बार्सिलोनाले अधिकांस दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो । तर,हुएस्काविरुद्ध बार्सिलोनाले बल पोजिसनमा पकड जमाएको थियो । बल पोजिसनमा पकड जमाएपनि बार्सिलोनाले गोल भने गर्न सकेनन् । बार्सिलोनालाई मेस्सी र स्वारेजको अभाव खड्किएको थियो ।
यो बराबरीसंगै बार्सिलोनाले ३२ खेलबाट ७४ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडको भन्दा १२ अंकले अघि रहेको छ ।
हुएस्का २५ अंक जोडेर लिगको पुछारमा रहेको छ ।