फिदिम । दार्जिलिङ युनाइटेड फिदिममा जारी तेस्रो पाँचथर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथ ६-५ गोल अन्तरले पराजित गर्दै दार्जिलिङ फाइनल पुगेको हो ।
निर्धारित समयमा १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि खेल ५–५ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
सडन डेथमा दार्जिलिङका वाङदेन तामाङले गोल गरे । हिमालयन शेर्पाका ड्याडी वाम्बाको प्रहार बाहिरिएको थियो ।
त्यसअघि पेनाल्टीमा र्जिलिङका करन राई, सबर्तो मल्लकी, शिव राउत, मनोज र श्यामन शर्माले गोल गरे । हिमालयन शेर्पाका निरज बस्नेत, उल्रिन सिवे, रबि थापा मगर, विजय श्रेष्ठ र विवेक पौडेलले गोल गरेको थिए ।
खेलमा दार्जिलिङका वाङदेन तामाङ म्यान अफ दि म्याच हुदै पाँच हजार प्राप्त गरे ।
अब दार्जिलिङले उपाधिका लागि डाँगीहाट फुटबल क्लब मोरङसंग खेल्नेछ ।
विजेताले चार लाख र उपविजेताले दुई लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने छ । व्यक्तिगत विधातर्फ उत्कृष्टले १०/१० हजार पाउने छन् ।