एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितका लागि १८८ रनको लक्ष्य दिएको छ ।
मुम्बईस्थित वान्खाड़े क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दै ५ विकेट गुमाएर १८७ रन बनायो ।
मुम्बईका लागि क्विनटन डी ककले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शर्माले ४७ रन जोड्दा हार्दिक पाण्डयाले अविजित २८ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
घरेलु मैदानमा मुम्बई पाँचौ खोजीमा हुनेछ । अघिल्ला ६ खेलमा ४ जित निकालेको मुम्बई ८ अंक जोडेर तेस्रो स्थानमा छ ।
राजस्थान भने दोस्रो जितको खोजीमा हुनेछ । राजस्थान ६ खेलमा १ जितसहित पुछारबाट दोस्रो स्थानमा छ।