काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
शनिबार भएको खेलमा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको हो ।
क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो । नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेलको निर्णय डिएलबाट गरिएको थियो ।
डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो ।
युएईसंग पराजित भएपनि नेपालका हरि चौहान म्यान अफ दि म्याच बनेका छन् । हरिले युएईविरुद्ध अविजित रहदै ७४ बलमा ६७ रन बनाएका थिए ।
फोटोमा हेर्नुहोस् नेपाल र युएईबीचको खेल !
तस्बिर : रमण शिवाकोटी