एजेन्सी । जर्मन बुन्डेस लिगा क्लब वायर्न म्युनिखका दुई खेलाडीबीच झगडा भएको छ । क्लबको प्रशिक्षणका दौरान रोबर्टो लेवान्डोस्की र किङ्सले कोम्यानबीच झगडा भएको हो ।
वायर्नका मुख्य प्रशिक्षक निको कोभाकले फरवार्ड लेवान्डोस्की र विंगर कोम्यानबीच झगडा भएको पुष्टि गरेका छन् ।
बुन्डेस लिगा अन्तर्गत फोर्टुना डुसेलड्रोफविरुद्धको खेलका लागि बिहिबार भएको प्रशिक्षण दौरान लेवान्डोस्की र कोम्यानबीच हात हालाहाल भएको थियो ।
प्रशिक्षणकै क्रममा झगडा गरेपछि क्लबले दुवैलाई कारबाही गर्ने तयारी गरेको छ । तर, क्लबले कस्तो कारबाही गर्ने भन्नेबारे खुलाएको छैन ।
‘हामीले यसबारे कुरा गरेका थियौं । खेलाडीहरु क्षमाप्रार्थी छन् । उनीहरुले आफ्नो व्यवहारको लागि माफी मागेका छन् ।’ प्रशिक्षक कोभाकले भने, ‘उनीहरुलाई कुनै आर्थिक कारबाही हुनेछैन र विवाद समाधान गरिएको छ ।’
लेवान्डोस्की यस सिजन बुन्डेस लिगाको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् ।