काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपालले अहिले बलियो टोली युनाईटेड अरब इमिरेट्स (युएई) संग प्रतिस्पर्धा गरिरहेको छ ।
क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा युएईविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । युएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले एक सय रन पुरा गरेको छ ।
नेपालले २३ ओभरको खेल सकिदा ४ विकेट गुमाएर १०४ रन जोडेको छ ।
नेपालका लागि रित गौतम ३९ रनमा अविजित रहेका छन् ।
नेपालका आरिफ शेख २७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल १८ रनमा आउट भए ।