एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ ।
शनिबार हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ।
मुम्बईस्थित वान्खाड़े क्रिकेट स्टेडियममा हुने घरेलु टोली र राजस्थानबीचको खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
घरेलु मैदानमा मुम्बई पाँचौ खोजीमा हुनेछ । अघिल्ला ६ खेलमा ४ जित निकालेको मुम्बई ८ अंक जोडेर तेस्रो स्थानमा छ ।
राजस्थान भने दोस्रो जितको खोजीमा हुनेछ । राजस्थान ६ खेलमा १ जितसहित पुछारबाट दोस्रो स्थानमा छ।
यस्तै शनिबार हुने दोस्रो खेलमा घरेलु टोली पन्जाब र बैंगलोरले प्रतिस्पर्धा गर्नेछ । पन्जाब र बैंगलोरबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
पन्जाबको घरेलु मैदानमा बैंगलोर पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । बैंगलोर यस सिजन जितविहीन रहेको छ । ६ खेल खेलको बैंगलोर ६ खेलमै पराजित भएको छ।
यता, पन्जाब भने चौंथो जितको खोजीमा रहने छ । ७ खेल खेलको पन्जाब ८ अंक जोडेर पाँचौं स्थानमा छ ।