एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका फरवार्ड साडियो मानेले इन्ग्लिश प्रिमियर लिग फुटबलको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका छन् ।
प्रिमियर लिगमा मार्च महिनाको उत्कृष्ट खेलाडी बन्दै माने 'प्लेयर अफ दि मन्थ' चुनिएका हुन् । यस सिजन लिभरपुललाई उपाधि होड कायम राख्न मानेको भूमिका महत्वपूर्ण रहेको छ ।
सेनेगलका २७ बर्षीय मानेले मार्च महिनामा ४ खेलमा ३ गोल गरेका थिए । लिभरपुलले मार्चमा खेलेको ४ खेलमा ३ जित निकालेको थियो
मानेले करिब दुई वर्षपछि यस अवार्ड जितेका हुन् । मानेले यसअघि सन् २०१७ को अगष्टमा 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका थिए ।