एजेन्सी । दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेनले रोयल च्यालेन्जर्स बैंगलोरबाट १२ औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) खेल्ने भएका छन् ।
बैंगलोरले स्टेनलाई अनुबन्ध गरेको अन्तराष्ट्रिय समचार संस्थाहरुले जनाएको छ । बलर नाथन कल्टर नेइल घाइते भएपछि बैंगलोरले उनको स्थानमा स्टेनलाई अनुबन्ध गरेको बताईएको छ ।
बैंगलोरबाट खेल्न स्टेन भारत आईसकेका छन् । भारत आउनुअघि स्टेनले श्रीलंकाविरुद्धको सिरिज खेलेका थिए । उक्त टी-ट्वान्टी सिरिजमा स्टेनले ४ विकेट लिएका थिए ।
यस सिजनको आईपीएलमा बैंगलोर एक मात्र जितविहिन टोली हो । बैंगलोरले ६ खेलमा ६ नै हार व्यहोरेको छ ।
स्टेन यस सिजन आईपीएलको अक्सनमा बिकेका थिएनन् । अक्संमा न्युनतम मुल्य १.५ करोड भारु भएको स्टेनलाई कुनै क्लबले बोली लगाएको थिएन ।
यसअघि स्टेनले बैंगलोर बाटै आईपीएल खेलेका थिए ।