एजेन्सी । भारतका पुर्व कप्तान तथा चेन्नई सुपर किङसका कप्तान महेन्द्र सिंह धोनीलाई इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले जरिवाना गरेको छ ।
चेन्नईका कप्तान धोनीले बिहिबार राजस्थानविरुद्धको खेलमा आईपीएलको नियम उलंघन गरेको भन्दै कारबाही गरिएको हो ।कारबाही स्वरुप धोनीलाई म्याच शुल्कको ५० प्रतिशत जरिवाना गरिएको छ ।
राजस्थानविरुद्ध धोनीले पेभिलियनबाट मैदानमा प्रवेश गर्दै नो बलको लागि अम्पायरसंग विवाद गरेका थिए । चेन्नईलाई जितका लागि १८ रन आवश्यक रहेको समय धोनीलाई बेन स्ट्रोक्सले बोल्ड गरेका थिए ।
खेलको अन्तिम ३ बलमा ८ रनको आवश्यकता रहदा मिचेल स्टेननरलाई बेन स्ट्रोक्सले फुल टस बल फाल्दा खेलमा विवाद आएको थियो ।
उक्ताब बललाई अम्पायर उल्हास गान्धीले नो बलको इसारा गरे पनि स्क्वाएर लेग अम्पायरले उक्त निर्णय उल्टाएका थिए ।जसको कारण धोनी मैदान प्रवेश गर्दै अम्पायरसंग विवाद गरेका थिए । तर, खेलको अन्तिम बलमा स्टेननरले छक्का प्रहार गर्दै चेन्नईलाई रोमान्चक जित दिलाएका थिए ।