एजेन्सी । टोटेनहमका इन्ग्लिश फरवार्ड ह्यारी केन ३ महिना मैदान बाहिर रहने सम्भावना बढेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको क्वाटरफाइनल खेल दौरान बोकेको चोटका कारण केन मैदान बाहिर रहने सम्भावना बढेको हो ।
बुधबार राति सिटीविरुद्धको पहिलो लेगको खेल दौरान केनले देब्रे खुट्टाको एङ्कलमा चोट बोकेका थिए । उनको एङ्कलको लिगामेन्ट च्यातिएको बताईएको छ । पहिलो लेगमा केन कै गोलबाट टोटेनहमले १-० को जित निकालेको थियो ।
टोटनहमले गरेको एक्सरेमा केनको चोट निकै जटिल रहेको पाईएको छ । त्यसैले केनले कम्तिमा ३ महिना मैदान बाहिर बस्नु पर्ने सम्भावना रहेको छ ।
उक्त चोटकै कारण केनले नेसन्स लिगको सेमिफाइनल खेल समेत गुमाउने सम्भावना बढेको छ । नेसन्स लिग अन्तर्गत इंग्ल्यान्डले आगामी जुनमा नेदरल्याण्डसंग खेल्दैछ ।