काठमाडौं । नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट प्रतियोगिता एक महिना पछाडी सरेको छ ।
आयोजक एनसीएल स्पोर्टस प्रालीले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै बैशाखमा तय भएको प्रतियोगिता एक महिना सरेको जनाएको छ ।
आठौं राष्ट्रिय खेलकुदसंग मिति जुधेको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।
अब प्रतियोगिता जेठ ७ गतेबाट १४ गतेसम्म आयोजना हुनेछ । यसअघि बैशाख ७ देखि १४ गतेसम्म हुने आयोजकले जनाएको थियो ।
यस्तै आयोजकले प्रतियोगिता हुने स्थल समेत परिवर्तन भएको जनाएको छ । प्रतियोगिता अब टियु क्रिकेट मैदानमा हुनेछ । यसअघि यस प्रतियोगितामा विराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुने बताईएको थियो ।
प्रतियोगितामा ४ टोलीको सहभागिता रहने छ । पहिलो संकरणमा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् ।
चार वटै टोलीले मार्की खेलाडी र अक्सनबाट १३/१३ खेलाडी अनुबन्ध गरिसकेको छ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।
प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समत पुरस्कार पाउने आयोजकले जनाएको छ ।