काठमाडौं । महिलाको फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग' झाडी दुई महिना पछि सरेको छ ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै वुमन्स च्याम्पियन्स लिगको मिति सारिएको जनाएको छ । यसअघि चैतमा प्रतियोगिता आयोजना गर्ने बताएपनि प्राविधिक कारणले जेठमा सारिएको आयोजकले जनाएको छ ।
अब प्रतियोगिता जेठ ३ गतेबाट ११ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुनेछ । यसअघि चैत २२ देखि ३० सम्मको मिति तय भएको थियो ।
प्रतियोगितामा ५ सहरका ५ टिम रहने छ । प्रतियोगिताको सहभागी टोली, मार्की खेलाडी टिमको लोगो शुक्रबार सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।