एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत डच क्लब आयाक्स र इटालियन क्लब युभेन्ट्सबीचको क्वाटरफाइनल खेल अघि १ सय बढी समर्थक पक्राउ परेका छन् ।
घरेलु टोली र युभेन्ट्सबीचको खेलको दौरान हतियार र अतिशबाजीका लागि प्रयोग हुने सामग्री बोकेर हिड्ने समर्थक पक्राउ परेको डच प्रहरीले जनाएको छ ।
प्रहरीले विज्ञप्ति निकाल्दै आयाक्स र युभेन्ट्सका गरी १४० समर्थक पक्राउ परेको जनाएको छ ।
पक्राउ परेका समर्थकहरुको अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।
जोहान क्रुफ स्टेडियममा बुधबार राति भएको आयाक्स र युभेन्ट्सबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो ।
खेलमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो । तर, डेभिड नेरिसले गोल गर्दै आयाक्सलाई खेलमा फर्काएका थिए ।