एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बिहिबार) एक खेल हुँदैछ ।
जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा हुने खेलमा घरेलु टोली राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
राजस्थान र चेन्नईबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
राजस्थानविरुद्ध मैदान उत्रदा शीर्ष स्थानको चेन्नई आफ्नो जितको यात्रालाई कायमै राख्न चाहन्छ । जारी सिजन उत्कृष्ट खेलिरहेको चेन्नईले ६ खेलबाट १० अंक जोडेको छ ।
यस सिजनको पहिलो भेटमा चेन्नईले राजस्थानलाई ८ रनले हराएको थियो । चेन्नई घरेलु मैदानमा निकालेको उक्त जितलाई कायम राख्न चाहन्छ ।
यता, राजस्थान भने चेन्नईविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । राजस्थानलाई प्ले अफ यात्रा जीवित राख्न पनि चेन्नईविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।
पाँच खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।