काठमाडौं । थ्री स्टार क्लब राजर्षी जनक कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा थ्री स्टारले आयोजक बागमती युवा क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
थ्री स्टारलाई जित दिलाउन शुसिल राईले दुई गोल गरे । यस्तै अनिल गुरुङ र मोन्सीले एक एक गोल गरिन् ।
अब थ्री स्टारले एपीएफ र सुदुरपश्चिम-११ बीचको विजेतासंग खेल्ने छन् ।
प्रतियोगिताको विजेताले १० लाख नगद प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छ ।