एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका डिफेन्डर मार्कोस अलन्सोले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसंग अभ्यास गर्न पाउँदाको क्षण आफुले सपना पुरा भएको क्षणको रुपमा लिएको बताएका छन् ।
चेल्सीको वेबसाइटसंग कुरा गर्दै अलन्सोले आफुले स्पेनिस क्लब रियल मड्रिडमा रहदा रोनाल्डो र काका जस्ता खेलाडीसंग अभ्यास गर्ने मौका पाएको र उक्त दिन आफ्नो सपना पुरा भएको दिन रहेको बताए ।
‘एकदिन मेरो आमा बाबुले मलाई रियलले तिमीलाई चाहेका छन् । यदि तिमि चाहन्छौ भने ट्रायल देउ भनेका थिए । मैले ट्रायल दिए उनीहरुले यहिँ बस भने,' अलन्सोले भने, ‘मैले १६–१७ वर्षको उमेरमा रोनाल्डो र काकासनग ट्रेनिङ गरे । मैले १२० प्रतिशत दिएको थिए । यो मेरो सपना थियो र सत्य भएको थियो ।’
रियल मड्रिडको युथ टोलीबाट फुटबल करियर सुरुवात गरेका अलन्सोले सन् २००८ देखि १० सम्म रियलको 'बी' टोलीबाट खेलेका थिए । अलन्सोले सन् २०१० मा सिनियर टोलीबाट समेत खेलेका थिए । त्यहिँ समय अलन्सोले रियलमा रोनाल्डो र काकासंग अभ्यास गरेका थिए ।
यस्तै अलन्सोले आफुले बुबा र आमाको रोजाईको भन्दा विपरित क्लब आफुले रोजेको बताए ।
'जब म ११/१२ बर्षको थिए । मैले रियलमा ट्रायल दिएका थिए,' २८ वर्षीय अलन्सोले भने, 'मेरो बुवा बार्सिलोना र एट्लेटिकोको ठूलो सर्मथक हुनुहुन्थ्यो । मेरो आमा एट्लेटिकोको सर्मथक थिईन् । त्यसैले उहाहरुका लागि यो सजिलो थिएन्,’ अलन्सोले भने ।