एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा युभेन्ट्सले आज राति डच क्लब आयाक्ससंग खेल्दैछ । आयाक्सको घरेलु मैदान जोहान क्रुफ एरिनामा हुने खेलमा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो उत्रने छन् ।
ईटालियन महारथी क्लब युभेन्ट्सका प्रशिक्षक मासिमिलियोनो एलेग्रीले चोट मुक्त हुँदै रोनाल्डो मैदान उत्रने बताएका छन् ।
मार्च १२ मा अन्तिम १६ को दोस्रो लेगको खेलमा ह्याट्रिक गरेपछि रोनाल्डो युभेन्ट्सको जर्सीमा मैदान उत्रिएका छैनन् । लगत्तै उनी पोर्चुगलका लागि मैदान उत्रिएका थिए । सो खेलमा चोट बोकेपछि उनी मैदानमा देखिएका थिएनन् ।
युभेन्ट्सका डिफेन्डर जर्जियो चेलिनीले चोटका कारण आयाक्सविरुद्वको खेल गुमाउने छन् ।
युभेन्ट्स घरेलु लिग जित्न मात्र एक अंकले पछाडी छ । तर च्याम्पियन्स लिगमा १९९६ पछाडी युभेन्ट्स चुक्दै आएको छ ।
रोनाल्डोले मार्च २५ मा युरो छनोटको खेलमा पोर्चुगलबाट खेलेका थिए । तर सो खेलमा उनले चोट बोकेका थिए ।
‘उनी टिमसंग अभ्यास गरिरहेका छन् । तर उनी टिममा देखिनेछन् ।’ युभेन्ट्सका प्रशिक्षकले भने ।
उनको अनुपस्थितीमा युभेन्ट्सले सिरि एका ६ खेल खेलेका ।
‘उनी सदा झै देखिएका छन् । उनी राम्रो फर्ममा छन् । उनी निकै महत्वपुर्ण सदस्य हुन् । यो सबैलाई थाहा छ । उनी हामीसंग हुनेछन्, हामी यसमा खुसी छौ ।’ क्लबका डिफेन्डर ड्यानियल रुगानीले भने ।