एजेन्सी । वेस्ट ईन्डिजका पूर्व कप्तान ब्रायन लाराले दिल्ली क्यापिटल्सका ओपनर पृथ्वी शको तुलना बीरेन्द्र सहवागसँग गरेका छन् ।
पछिल्लो बर्ष भारतीय टेष्टमा डेब्यु गरेका पृथ्वीको ब्याटिङ्ग गर्ने तरिका र सर्ट सहवागको जस्तै देखिएको लाराले बताएका छन् । लाराले पृथ्वीको सर्टको तारिफ समेत गरेका छन् ।
‘पृथ्वीको ब्याटिङ्गमा सहवागको झलक देखिन्छ, उनको खेलप्रतिको परिपक्वता निकै राम्रो छ ।’ वेस्ट ईन्डिजका पुर्व कप्तान लाराले भने ।
‘पछिल्लो बर्षको अक्टोबरमा वेस्ट ईडिजसँगविरुद्व उनको खेल हेरेको थिए । १९ वर्षको युवा खेलाडीको उत्कृष्ट प्रर्दशन मैदानमा हेर्दा राम्रो लाग्छ ।’ उनले थपे, ‘दुई आइपीएलमा सहभागी भइसकेका पृथ्वी अहिलेनै सिनियर खेलाडी बनिसकेका छन् ।’
पृथ्वीले यस सिजन आइपीएलको ६ खेलमा २८ दशमवल १६ औषतबाट १ सय ६९ रन बनाएका छन् ।