काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका सदस्य पुजा रानाले भुटानको महिला सुपर लिग खेल्ने भएकी छिन् ।
डिफेन्डर पुजाले सनराइज फुटबल क्लबबाट महिला सुपर लिग खेल्ने भएकी हुन् । पुजाले एक सिजनको लागि सनराइजबाट खेल्ने छिन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका मिडिया अधिकृत आयुस खड्काले पुजाको नो अब्जेसन पत्र क्लबलाई पठाएको बताए ।
पुजाले नेपाली सिनियर टोलीमा घरेलु मैदानमा सम्पन्न पाँचौ महिला साफ च्याम्पियनसिपबाट डेब्यु गरेकी थिईन । विराटनगरमा सम्पन्न साफमा पुजाले बंगलादेशबिरुद्धको खेलबाट डेब्यु गरेकी थिईन् ।
नेपाली यू-१९ महिला टोलीका मुख्य खेलाडी रहेकी पुजा ओलम्पिक छनोट अन्तर्गतको दोस्रो चरणको छनोटको नेपाली टोलीमा समेत रहेकी छिन् ।
पुजाले घरेलु लिगमा विभागीय टिम त्रिभुवन आर्मीबाट खेल्दै आएकी छिन् ।