काठमाडौं । सी डिभिजन लिगमा चम्किएका युवा फरवार्ड मनिष डाँगीले घरेलु फुटबलको लोकप्रिय क्लब मनाङ मर्स्याङ्दी क्लबमा ‘ट्रायल’ दिएका छन् ।
सी डिभिजन लिगमा खालीबारी युथ क्लबबाट खेलेका उनले ए डिभिजन लिग च्याम्पियन मनाङमा ट्रायल दिएका हुन् ।
एएफसी कपको दोस्रो खेलको तयारीमा रहेको मनाङ यति बेला प्रशिक्षणमा ब्यस्त छ । मनाङको प्रशिक्षणमा मनिष समेत जोडिएका छन् ।
मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले मनिषलाई ट्रायलको रुपमा टिममा समावेश गरिएको खेलपाटीलाई बताए । प्रशिक्षणमा राम्रो देखिए मनिषले क्लबमा स्थान बनाउने प्रशिक्षक छिरिङको भनाई छ ।
प्रशिक्षणमा भेटिएका मनिषले आफु मनाङको तयारीमा सामेल भएको बताए ।
मनाङले एएफसी कपको दोस्रो खेलमा चेन्नईयिनविरुद्व खेल्दैछ ।
कोरियामा बस्दै आएका मनिषले घरेलु फुटबलमा सी डिभिजन लिगको पछिल्ला तीन खेल खेलेका थिए । जसमा उनले पाँच गोल गरेका थिए ।
सी डिभिजन लिगको अन्तिम खेलमा खालीबारीलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका मनिषलाई घरेलु फुटबलका लोकप्रिय क्लबहरुले आखाँ लगाईरहेका छन् ।
कोरियाको फुटबल एकेडेमीमा बसेका मनिष समेत नेपालबाट उमेर समुह प्रतियोगिता खेल्न चाहन्छन् ।