एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा लिभरपुलले एफसी पोर्टोलाई पराजित गरेको छ ।
एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्टोलाई २–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफमा दुई गोल गर्दै लिभरपुलले क्वार्टरफाईनलको खेलमा आफुलाई बलियो बनाएको छ ।
खेलको पाँचौ मिनेटमा नाबी केईटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
२६ औ मिनेटमा रोबर्टो फिर्मिन्होले लिभरपुलको अग्रतालाई दोब्बर पारेका थिए ।
पाहुना टोली पार्टोले समेत खेलमा अवसर सिर्जना गरेको थियो । तर फरवार्ड माउसा मारिगा त्यसलाई गोलमा परिणत गर्न चुकेका थिए ।
उनका प्रहारलाई लिभरपुलका गोलकिपर एलिसनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।
दोस्रो लेगको खेल पार्चुगलमा अर्को हप्ता हुनेछ ।