पाँचथर । पाँचथरमा जारी वाइ वाइ तेस्रो पाँचथर गोल्डकपमा पाहुना टोली युनाइटेड दार्जिलिङले विर्ता युनाइटेड झापालाई ३ — २ गोल अन्तरले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको छ ।
फिदिम मा. वि. को खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको १९ औं मिनेटमा युनाइटेड दार्जिलिङले आत्मघाति गोलबाट अग्रता लिएको थियो ।
कर्नर बललाई फर्काउने क्रममा विर्ता युनाइटेडका दिलेन लोत्तामले आफ्नै पोष्टमा गोल गरेका थिए ।
२७ औं मिनेटमा दार्जिलिङका करन राईले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
८३ औं मिनेटमा विर्ता युनाइटेडका दिलेन लोत्तामले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरे ।
८९ औं मिनेटमा विशाल राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
इन्जुरी समयको अन्तिम मिनेटमा दार्जिलिङका इन्द्रजीत क्षेत्रीको क्रसलाई करन राईले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलको म्यान अफ दी म्याच दार्जिलिङका करन राई घोषित भए ।
भोली जावलाखेल युथ क्लब र विजय युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।