काठमाडौं । विभागीय टिम एपीएफ क्लब सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षी जनक गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।
मंगलबार बागमती क्लबको मैदानमा भएको खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको हो ।
एपीएफको जितमा एक मात्र गोल सन्तोष श्रेष्ठले गरे । उनले खेलको ७६ मिनेटमा गोल गरेका थिए । सन्तोषको शक्तिशाली प्रहार हिमालयन शेर्पा क्लबका गोलरक्षक किशोर गिरीले ठम्याउन सकेनन् ।
बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
एपीएफले सेमिफाइलन प्रवेशकालागि सुदुरपश्चि ११ संग चैत २८ गते खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत (भोली) बुधबार आयोजक बागमती युवा क्लब र रुस्लान थ्रीस्टार क्लब खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १० लाख पाउनेछ । उपविजेताले ५ लाख पाउने आयोजकले बताएको छ ।