काठमाडौं । घरेलु टोली म्यानमार ओलम्पिक महिला फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ ।
छनोटको अन्तिम खेलमा मंगलबार भारतसंग ३–३ गोलको बराबरी खेल्दै म्यानमार समूह 'ए' बाट शीर्ष स्थानमा रहदै तेस्रो चरणमा प्रवेश गरेको हो ।
भारतलाई हराएसंगै म्यानमारले ३ खेलबाट ७ अंक जोड्यो । र, म्यानमारले भारतलाई गोल अन्तरमा पछि पार्दै तेस्रो चरणमा स्थान बनाउन सफल भयो । भारत भने ७ अंक जोडेर पनि तेस्रो चरणमा पुग्न सकेन ।
म्यानमारले अब तेस्रो चरणको छनोटमा अष्ट्रेलिया, दक्षिण कोरिया, उत्तर कोरिया, चीन र थाइल्याण्ड लगायतको टोलीसंग खेल्नेछ ।
दुई समूहमा विभाजन गरेर खेलाईने तेस्रो चरणको छनोटबाट शीर्ष दुई टोलीले ओलम्पिकमा स्थान बनाउने छन् ।
छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई ३–१ र इन्डोनेसियालाई ६–० को गोल अन्तले पराजित गरेको थियो । यस्तै भारतले भने इन्डोनेसियालाई २–० र नेपाललाई ३–१ को गोल अन्तरले पराजित गरेको थियो ।