काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) नयाँ प्रतिद्वन्दी इन्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताबाट बाहिरिसकेको नेपाली टिममा मुख्य प्रशिक्षक हरी खड्काले अन्तिम खेलमा तीन खेलाडी परिवर्तन गरेका छन् ।
यस अघि भएको दुबै खेलमा नेपालले आयोजक म्यानमार र भारतसंग समान ३–१ को हार ब्यहोरेको थियो ।
प्रशिक्षक खड्काले गोलरक्षक र दुई डिफेन्डरमा परिवर्तन गरेको खेलपाटीलाई बताए ।
गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको स्थानमा यू–१९ टिमकी अन्जना राना मगरले स्थान बनाएकी छिन् ।
यस्तै राइड ब्याकमा मनमाया लिम्बुको स्थानमा अमृता जैसी र लेफ्ट ब्याक हिरा भुजेलको स्थानमा कविता धिमालले स्थान बनाएका छन् ।
पहिलो पटक इन्डोनेसियासंग भिड्न लागेको नेपाल फिफा वरियतामा निकै पछि रहेको छ ।
इन्डोनेशियामा ८६ स्थानमा छ । नेपाल १०३ औ स्थानमा रहेको छ ।
दुबै खेल हारिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठामा सिमिति छ ।