एजेन्सी । ब्राजिलियन फुटबल लिजेण्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पिसाबसम्बन्धि समस्या देखिएपछि फ्रान्सको पेरिसस्थित एक अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् ।
‘द ब्लाक पर्ल’ ले चिनिने ७८ वर्षीय पेलेको युरिनरी इन्फेक्सनको कारण बुधबार दोस्रो पटक अस्पताल भर्ना भएका थिए । दोस्रो पटक अस्पताल भर्ना भएपछि पेलेको निधन भएको समेत हल्ला चेलेको थियो ।
पेले अस्पतालबाट डिस्चार्ज भएर ब्राजिल फर्किएको रोयटर्सले जनाएको छ ।
पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेको एक कार्यक्रममा सहभागी फ्रान्स पुगेका थिए ।
पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए ।