एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि भारतले अप्रिल दोस्रो साता टिमको घोषणा गर्ने भएको छ ।
भारतीय क्रिकेट बोर्डले विश्वकपका लागि अप्रिल १५ मा टोलीको घोषणा गर्ने जनाएको छ ।
मुम्बईमा आईपीएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सबीचको खेलपछि भारतीय टोलीको घोषणा हुनेछ ।
भारतका कप्तान विराट कोहलीले आईपीएलमा बैंगलोरको कप्तानी सम्हालिरहेका छन् । तर, बैंगलोरले जारी सिजनको आईपीएलको ६ खेलमा हार व्यहोरीसकेको छ ।
इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपका लागि आईसीसीले खेलाडी घोषणाको मिति अप्रिल २३ सम्म दिएको छ ।