पाँचथर । वाइ वाइ तेस्रो पाँचथर गोल्डकपमा मोरङको डाँगीहाट फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । आयोजक पाँचथर क्लबलाई ३–० गोल अन्तरले हराउँदै डाँगीहाटले प्रतियोगिताको अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
खेलको सुरुवातबाटै दबाब बनाएको डाँगीहाटले १३ औं मिनेटमा विदेशी खेलाडी अर्मानको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेट पछाडी हेमन्त थापा मगरले गोल गर्दै पहिलो हाफमा डाँगीहाटलाई २–० ले अघि बढाएका थिए ।
मध्यान्तर पछि आक्रामक बनेको पाँचथरले गोल गर्ने केही मौका सिर्जना गरे पनि सफल हुन सकेन । दोस्रो हाफको इन्जुरी समयमा अर्मानले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
डाँगीहाटका हेमन्त थापा मगर म्यान अफ दि म्याच घोषित हुदै पाँच हजार रुपैयाँ प्राप्त गरे ।
भोली (मंगलबार) विर्ता युनाइटेड झापा र दार्जिलिङ युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगीताको विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैँया पाउने छन् ।