एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेनले पीएसजीले स्ट्रासवर्गसंग बराबरी खेल्दै अंक बाँडेको छ । आईतबार राति भएको खेलमा पीएसजीले स्ट्रासवर्गसंग २–२ गोलको बराबरी खेलेको हो ।
बराबरीसंगै पीएसजीले उपाधिका लागि अझै पर्खर्न पर्ने बताएको छ ।
शीर्ष स्थानको पीएसजीको ८१ अंक छ । उसले दोस्रो स्थानको क्लबसँग २० अंकको अग्रता लिएको छ । लिगमा पीएसजीले अझै ८ खेल खेल्न बाँकी छ । स्ट्रार्सवर्गको ४३ अंक छ ।
खेलको १३ औ मिनेटमा एरिक म्याकसिम चौपो मोटिङले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । २६ औ मिनेटमा नुनो डि कोस्टाले खेल बराबरीमा ल्याएका थिए । ३८ औ मिनेटमा गोन्काल्वेसले स्ट्रार्सवर्गलाई २–१ को अग्रता दिलाए । थिलो केहरले ८२ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
६० औ मिनेटमा मैदान छिरेका केलियन एम्बाप्पेले गोल गर्न भने सकेनन् ।
पीएसजीका मुख्य खेलाडी नेयमार र काभानीले चोट बोकेपछि क्लबको फरवार्ड लाईन एम्बाप्पेले सम्हाल्दै आएका छन् । तर पछिल्लो समय उनी समेत बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।