काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले प्रतियोगिताको अन्तिम खेलमा नयाँ प्रतिद्वन्दी इन्डोनेशियासंग खेल्दैछ ।
समूह ए को अन्तिम खेलमा भोली (मंगलबार) नेपालले दिउँसो पौने तीन बजे इन्डोनेशियासँग खेल्न लागेको हो ।
यसअघि भएका दुबै खेलमा नेपाल र इन्डोनेशियाले हार ब्यहोरेका थिए । एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिसकेका नेपाल र इन्डोनेशिया पहिलो जितको खोजीमा हुनेछन् ।
एक हिसावले दुई टिमबीचको लडाँई प्रतिष्ठाको लागि मात्र हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा चिरप्रतिद्वन्दी सोहि गोल अन्तरले हारेको थियो ।
नेपालका लागि दुवै खेलमा निरु थापाले एक एक गोल गरिन् ।
इन्डोेनेशिया पहिलो खेलमा भारतसँग २–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक म्यानमारसँग ६–० ले हारेको थियो ।
फिफा वरियतामा इन्डोेनेसिया नेपाल भन्दा निकै माथि रहेको छ । इन्डोनेशियामा ८६ स्थानमा र नेपाल १०३ औ स्थानमा रहेको छ ।
समूह ए मा दुई खेलमा जित निकालेका आयोजक म्यानमार र भारतको सामान ६ अंक रहको छ । गोल अन्तरका आधारमा म्यानमार शीर्ष स्थानमा छ ।
दुबै खेल हारेका नेपाल र म्यानमार गोल अन्तरका आधारमा क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् । समुहको शीर्षस्थानमा रहने टिमले ओलम्पिक छनोटको तेस्रो चरणमा प्रवेश पाउनेछ ।
सन् २०२० मा टोकियोमा हुने ओेलम्पिक एसिया छनोटको पहिलो चरणको खेलमा नेपालले आयोजक म्यानमार, भारत र बंगलादेशसँग समान १–१ को बराबरी खेल्दै दोस्रो चरणमा स्थान बनाएको हो ।